जबरजस्ती करणी गरेको अभियोगमा दुई जना पक्राउ

देशका विभिन्न स्थानबाट जबरजस्ती करणी गरेको अभियोगमा दुई जना पक्राउ परेका छन् । १७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा रूपन्देही, कोटहीमाई गाउँपालिका-४ तुनिहवा बस्ने २३ वर्षीय रहिस मुसलमानलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

रहिसले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय मझगाँवाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । त्यस्तै १७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा नवलपरासी पश्चिम, रामग्राम नगरपालिका-११ स्थित काम गरी बस्ने ३५ वर्षीय हरि थारूलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

हरिले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार