नवकान्तिपुर संवाददाता
काठमाडौं, २७ असार ।


देशका विभिन्न स्थानबाट मृत अवस्थामा तीन जना फेला परेका छन् । चितवन, भरतपुर महानगरपालिका-१ आँपटारी बागेश्वरीस्थित जलदेवी सामुदायिक वनमा सोही महानगरपालिका-११ केबि लाईन बस्ने ५९ वर्षीय लोक बहादुर विक बिहीबार मृत अवस्थामा फेला परेका छन् ।
त्यस्तै नवलपरास पूर्व, बिनयी त्रिवेणी गाउँपालिका-७ स्थित नेपाल भारत सिमानामा रहेको ब्यारेज पुलमा हाल नाम, थर र वतन नखुलेका अन्दाजी ४० वर्षीय पुरूष बिहीबार मृत अवस्थामा फेला परेका छन् ।
यस्तै प्युठान, नौबहिनी गाउँपालिका-६ माक्रेमा सोही नगरपालिका-८ फोप्ली चुलीखर्क घर भएका ६५ वर्षीय खुम बहादुर पुन बिहीबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

