जुवातास खेलिरहेको अवस्थामा ३९ जना पक्राउ

देशका विभिन्न स्थानबाट जुवातास खेलिरहेको अवस्थामा ३९ जना पक्राउ परेका छन् । मकवानपुरको बकैया गाउँपालिका-५ राजदमार बस्ने ४६ वर्षीय मिलन थिङको घरमा जुवा खेलिरहेको अवस्थामा मिलन समेत २२ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुर, इलाका प्रहरी कार्यालय फापरवारी समेतबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ८ लाख ३६ हजार ४० रूपैयाँ र ३ सेट कौडा सहित पक्राउ गरेको हो । त्यस्तै जुम्लाको पातारासी गाउँपालिका-५ लासी बजार बस्ने ४८ वर्षीया उर्मीला बुढाले संचालन गरेको ओम हिमा होटलमा जुवातास खेलिरहेको अवस्थामा उर्मिला समेत १० जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको प्रहरीले उनीहरूलाई १ लाख २८ हजार २ सय रूपैयाँ सहित पक्राउ गरेको हो । यस्तै काभ्रेको बनेपा नगरपालिका-७ गोदाम चोक डेरा गरी बस्ने भारत बिहार पुर्वी चम्पारण-११ घर भएका रवि कुमार जैसवालको कोठामा जुवातास खेलिरहेको अवस्थामा रवि समेत ७ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय बनेपाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६२ हजार ६ सय ८० रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार