आज चारवटा संसदीय समितिका बैठक बस्दै

केही दिनका लागि सङ्घीय संसद्का दुवै सदनका बैठक नभए पनि आज चारवटा संसदीय समितिका बैठक बस्दैछ ।

आज कानुन, न्याय तथा मानवअधिकार समिति, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति, सङ्घीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समिति र राज्यका निर्देशक सिद्धान्त नीति र दायित्वको अनुगमन तथा मूल्याङ्कन (संयुक्त) समितिको बैठक बस्नेछ ।

राष्ट्रियसभा र प्रतिनिधिसभाका बैठक क्रमशः साउन ६ र ७ गते बस्नेछ ।

सम्बन्धित समाचार