

सिरहाको कल्याणपुर नगरपालिकाका मेयर रामपुकार साह एक लाख रुपैयाँ घुस रकमसहित रङ्गेहात पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबाद कार्यालयबाट खटिएको टोलीले बुधबार दिउँसो उनलाई नगरपालिकाको कार्यालय परिसरबाटै नियन्त्रणमा लिएको हो ।
आयोगका अनुसार, उपभोक्ता समितिबाट भुक्तानीको प्रक्रियामा मेयर साहले एक लाख रुपैयाँ घुस लिइरहेका बेला उनी पक्राउ परेका हुन् । आयोगले पूर्व जानकारीका आधारमा निगरानी गर्दै आएको र प्रमाणसहित उनलाई नियन्त्रणमा लिएको आयोग स्रोतले जनाएको छ ।
हाल घटनास्थलबाट घुस रकमसहितको मुचुल्का तयार पारी साहविरुद्ध आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको आयोगको कार्यालय बर्दीबासले जानकारी दिएको छ ।

