प्रधानमन्त्रीको विशेष सम्बोधन स्थगन

प्रधानमन्त्री केपी शर्मा ओलीबाट आज सङ्घीय संसद्को प्रतिनिधिसभालाई हुने भनिएको सम्बोधन रोकिएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) संसदीय दलका मुख्य सचेतक महेशकुमार बर्तौलाका अनुसार आज प्रतिनिधिसभाको बैठकलाई हुने भनिएको विशेष सम्बोधन अर्को दिनलाई सरेको छ ।

कार्यसूचीमा रहेको प्रधानमन्त्रीसँगको प्रश्नउत्तर भने यथावत् रहेको उहाँले जानकारी दिनुभयो ।

सम्बन्धित समाचार