नवकान्तिपुर संवाददाता
काठमाडौं, ९ साउन ।


अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य सामान्य घटेको छ । त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । बिहीबारको तुलनामा आज एक तोला सुनको मूल्य रु पाँच सयले घटेको हो ।
यता चाँदी मूल्य भने रु ५ ले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु एक लाख ९४ हजार ७०० कायम भएको छ । बिहीबार सुनको मूल्य तोलामा एक लाख ९५ हजार २०० रुपैयाँ कायम भएको थियो ।
आज चाँदी भने प्रतितोला रु दुई हजार ३४० मा कारोबार भइरहेको छ । बिहीबार चाँदीको मूल्य दुई हजार ३३५ मा कारोबार भएको महासंघले जनाएको छ ।
