नवकान्तिपुर संवाददाता
काठमाडौं, ११ साउन ।


अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य सामान्य घटेको छ । त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । शुक्रबारको तुलनामा आज एक तोला सुनको मूल्य रु एक हजार एक सयले घटेको हो ।
चाँदी मूल्य भने रु ५० ले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु एक लाख ९३ हजार ६०० कायम भएको छ । शुक्रबार सुनको मूल्य तोलामा एक लाख ९४ हजार ७०० रुपैयाँ कायम भएको थियो ।
आज चाँदी भने प्रतितोला रु दुई हजार २९० मा कारोबार भइरहेको छ । शुक्रबार चाँदीको मूल्य दुई हजार ३४० मा कारोबार भएको महासंघले जनाएको छ ।
