नवकान्तिपुर संवाददाता
काठमाडौं, १४ साउन ।


अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य बढेको छ । त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । मंगलबारको तुलनामा आज एक तोला सुनको मूल्य रु एक हजार चार सयले बढेको हो ।
चाँदी मूल्य पनि रु १० ले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु एक लाख ९४ हजार ४०० कायम भएको छ । मंगलबार सुनको मूल्य तोलामा एक लाख ९३ हजार रुपैयाँ कायम भएको थियो ।
आज चाँदी भने प्रतितोला रु दुई हजार ३१० मा कारोबार भइरहेको छ । मंगलबार चाँदीको मूल्य दुई हजार ३०० मा कारोबार भएको महासंघले जनाएको छ ।
