नवकान्तिपुर संवाददाता
काठमाडौं, १५ साउन ।


अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य सामान्य घटेको छ । त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । बुधबारको तुलनामा आज एक तोला सुनको मूल्य रु आठ सयले घटेको हो ।
चाँदी मूल्य पनि रु ४० ले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु एक लाख ९३ हजार ६०० कायम भएको छ । बुधबार सुनको मूल्य तोलामा एक लाख ९४ हजार ४०० रुपैयाँ कायम भएको थियो ।
आज चाँदी भने प्रतितोला रु दुई हजार २७० मा कारोबार भइरहेको छ । बुधबार चाँदीको मूल्य दुई हजार ३१० मा कारोबार भएको महासंघले जनाएको छ ।
