गणतन्त्रको जग बलियो बनाउन तीन तहकै सरकारको भूमिका प्रभावकारी हुनुपर्छ : नारायणमान बिजुक्छेँ

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित)ले प्रजातन्त्र र गणतन्त्रको जग बलियो बनाउन तीन तहकै सरकारको भूमिका प्रभावकारी हुनुपर्ने बताउनुभएको छ ।

नेपाल नगरपालिका कर्मचारी एसोसिएसन भक्तपुर नगरपालिकाले बुदाबर भक्तपुरमा आयोजना गरेको ‘स्थानीय स्वायत्तता र विकेन्द्रीकरणसम्बन्धी मार्गनिर्देशन’ कार्यक्रममा उहाँले स्थानीय तहलाई बलियो र सक्षम बनाउन सङ्घ, प्रदेश र स्थानीय तहले समन्वयकारी भूमिका निर्वाह गर्नुपर्ने बताउनुभएको हो । अध्यक्ष बिजुक्छेँले सार्वजनिक पदधारण गर्ने व्यक्ति इमान्दार र सक्षम हुनुपर्ने बताउनुभयो ।

उहाँले जनताको सचेतनाले मात्र देशलाई सही दिशातर्फ मार्गनिर्देश गर्ने बताउँदै त्यसका लागि नागरिक जागरुक बन्नुपर्नेमा जोड दिनुभयो । उहाँले नेपाल एक बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक देश भएकाले सङ्घी राज्यको आवश्यकता जात–जाति र भाषाभाषीका आधारमा हुनु जरुरी रहेको औँल्याउनुभयो ।

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले देशमा सङ्घीयता कार्यान्वयनमा आए पनि जिम्मेवार प्राप्त निकाय र व्यत्तिले प्रभावकारी काम गर्न नसक्दा विरोधी आवाज उठिरहेको बताउनुभयो ।

सम्बन्धित समाचार