ह्वात्तै बढ्यो सुनको मूल्य, आज कति पुग्यो तोलाको ?

अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य ह्वात्तै बढेको छ । त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । शुक्रबारको तुलनामा आज एक तोला सुनको मूल्य रु तीन हजार चार सयले बढेको हो ।

चाँदी मूल्य पनि रु १५ ले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु एक लाख ९६ हजार ५०० कायम भएको छ । शुक्रबार सुनको मूल्य तोलामा एक लाख ९३ हजार १०० रुपैयाँ कायम भएको थियो ।

आज चाँदी भने प्रतितोला रु दुई हजार २५० मा कारोबार भइरहेको छ । शुक्रबार चाँदीको मूल्य दुई हजार २३५ मा कारोबार भएको महासंघले जनाएको छ ।

सम्बन्धित समाचार