सुनको मूल्य बढ्यो, आज कति पुग्यो तोलाको ?

अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य बढेको छ । त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । सोमबारको तुलनामा आज एक तोला सुनको मूल्य रु एक हजार नौ सयले बढेको हो ।

चाँदीको मूल्य पनि रु २५ ले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु एक लाख ९८ हजार ५०० कायम भएको छ । सोमबार सुनको मूल्य तोलामा एक लाख ९६ हजार ६०० रुपैयाँ कायम भएको थियो ।

आज चाँदी भने प्रतितोला रु दुई हजार २८० मा कारोबार भइरहेको छ । सोमबार चाँदीको मूल्य दुई हजार २५५ मा कारोबार भएको महासंघले जनाएको छ । आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस ३३ सय ७१ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

सम्बन्धित समाचार