नवकान्तिपुर संवाददाता
काठमाडौं, २० साउन ।


प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का का सांसदहरुले भिजिट भिसा प्रकरणको उच्चस्तरीय छानबिन गर्न सरकारले आलटाल गरिरहेको भन्दै आजको बैठक पनि बहिष्कार गर्नुभयो ।
बैठकको प्रारम्भमा रास्वपाका सांसद विराजभक्त श्रेष्ठले टालटुले समितिले भिजिट भिसासम्बन्धी समस्याको समाधानका लागि विस्तृत अध्ययन गर्न नसक्ने भएकाले यसको न्यायोचित सम्बोधन नगरेसम्म सदनमा आफूहरुको विरोध जारी रहने स्पष्ट पार्नुभयो ।
राप्रपाका सांसद दीपकबहादुर सिंहले भिजिट भिसाका नाममा भइरहेको ठगीको उच्चस्तरीय छानबिन नभएसम्म आफ्नो पार्टीले सदन बहिष्कार र बैठक भत्ता नलिने बताउनुभयो । आ–आफ्नो दलका तर्फबाट धारणा राखेर रास्वपा र राप्रपाका सांसद बैठकबाट बाहिरिनुभएको छ ।
