सुनको मूल्य घट्यो, आज कति पुग्यो तोलाको ?

अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य सामान्य घटेको छ । त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । शुक्रबारको तुलनामा आज एक तोला सुनको मूल्य रु दुई सयले घटेको हो ।

यता चाँदीको मूल्य भने रु ५ ले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु एक लाख ९९ हजार २०० कायम भएको छ । शुक्रबार सुनको मूल्य तोलामा एक लाख ९९ हजार ४०० रुपैयाँ कायम भएको थियो ।

आज चाँदी भने प्रतितोला रु दुई हजार ३३० मा कारोबार भइरहेको छ । शुक्रबार चाँदीको मूल्य दुई हजार ३२५ मा कारोबार भएको महासंघले जनाएको छ ।

सम्बन्धित समाचार