नवकान्तिपुर संवाददाता
काठमाडौं, २८ साउन ।


अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य सामान्य घटेको छ । त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । मंगलबारको तुलनामा आज एक तोला सुनको मूल्य रु एक सयले घटेको हो ।
यता चाँदीको मूल्य भने रु २० ले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु एक लाख ९६ हजार ७०० कायम भएको छ । मंगलबार सुनको मूल्य तोलामा एक लाख ९६ हजार ८०० रुपैयाँ कायम भएको थियो ।
आज चाँदी भने प्रतितोला रु दुई हजार ३२५ मा कारोबार भइरहेको छ । मंगलबार चाँदीको मूल्य दुई हजार ३०५ मा कारोबार भएको महासंघले जनाएको छ ।

