भारतलाई एक हजार मेगावाट बिजुली निर्यात गर्ने : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले भारतलाई एक हजार मेगावाट बिजुली निर्यात गर्ने जानकारी गराउनु भएको छ ।

प्रधानमन्त्री ओलीले बुधबार सामाजिक सञ्जालमार्फत भारतलाई बिजुली निर्यात गरेर नेपालले ८० अर्ब २७ करोड रुपैयाँ आम्दानी गर्ने जानकारी गराउनुभएको हो ।

“हामी भारतलाई एक हजार मेगावाट बिजुली निर्यात गर्दैछौँ । यसबाट नेपालले ८० अर्ब २७ करोड रुपैयाँ आम्दानी गर्नेछ,” प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा उल्लेख गर्नु भएको छ ।

सम्बन्धित समाचार