प्रधानमन्त्री ओलीको सम्बोधनमा विकासभन्दा कटाक्ष हावी : रवि लामिछाने केन्द्रित आक्रमण

जनताको चेतावनी : “८४ को चुनावमा हिसाब–किताब पक्कै हुनेछ”
“रवि लामिछानेलाई लगाइएको आरोपभन्दा ठूला भ्रष्टाचारका काण्डमा फँसेका नेताहरूलाई किन कारबाही हुँदैन?”, “जुन जोगी आए पनि कानै चिरेको”, “३५ वर्षदेखि सत्ता सम्हालेका नेताहरूले देशलाई खसाल्दै लगे, अब जनताको धैर्यता टुट्दैछ” लगायत केही प्रतिनिधि स्वरहरू हुन् जुन संसदको रोष्टमबाट प्रधानमन्त्री केपी शर्मा ओलीले विपक्षी दलका नेताहरूमाथि तीब्र कटाक्ष गर्दै अधिकांश समय प्रतिशोधपूर्ण टिप्पणीमा खर्च गरेपछि प्रतिक्रिया स्वरुप आएका जनबोलीहरू हुन् ।

उनले विशेषतः माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेमाथि कठोर शब्द प्रयोग गरे । प्रधानमन्त्रीको संबोधनमा देशको विकास, सुशासन र भ्रष्टाचार नियन्त्रणका एजेन्डा ओझेलमा पर्नुमा नागरिकहरू अचम्मित र निराश छन्।

संसदजस्तो राष्ट्रको सर्वोच्च नीति–निर्माण गर्ने स्थल र जनताको मुद्दा उठाउने थलोमा व्यक्तिगत आक्रोश र गाली–गलौजको प्रयोग बढ्नु प्रतिशोधको राजनीति हावी भएको विश्लेषकहरूको भनाइ छ। संसदीय सभामा पार्टीका नेताले ‘बा’ भनेर वा शीर्ष नेतृत्वलाई रिझाउन ताली बजाउँने र टेबल ठोक्ने प्रतिस्पर्धा गरेर संसदीय परम्पराकै मानमर्दन गरिएको छ ।

प्रधानमन्त्री ओली, काङ्ग्रेसको सरकार हुँदा रवि लामिछानेको पक्षमा मजबुत खम्बा बनेर उभिएका थिए ितर भ्रष्टचारका विरुद्धमा रवि सतिसाल भएर उभिएपछि सम्भावित खतरा महसुस गरेर तिनै ओली अहिले रविविरुद्ध हात धोएर लागेको जनताले बुझिसकेका छन् । प्रधानमन्त्री ओलीको कटाक्ष भयको अभिव्यक्ति हो भनेर जनताले बुझ्न बाँकी छैन । रविलाई होच्याउने प्रतिस्पर्धामा प्रधानमन्त्री ओलीको टिप्पणीको स्तरले प्रधानमन्त्रीको गरिमालाई नै स्खलित मात्र बनाएको छैन, रविप्रतिको जनविश्वासलाई थप मलजल पनि पुर्याएको छ ।

नेपाली काङ्ग्रेस र एमालेको संयुक्त सरकार बन्दै गर्दा त्यसलाई औचित्य प्रदान गर्न जेजस्ता कुराहरू भनिएका भए पनि ती त सब ‘भन्ने कुराहरू’मा मात्र सीमित भए । दुई तिहाई नजिकको सरकार भ्रष्टाचारका फायल बन्द गर्न र रविलाई प्रताडित गर्नमा सीमित भयो । विकास होला भनेर त न जनताले सोचेका थिए, न सरकारले नै गरेर देखाउन सक्यो । ओली–देउवाको सामर्थ्य योभन्दा बढी अपेक्षा नगरे पनि हुन्छ ।

सरकार विरोधी स्वरहरूप्रति कति निर्मम हुन सक्छ र आफ्नाहरूलाई जोगाउन कुन हदसम्मजान सक्छ भनेर पनि प्रधानमन्त्री ओलीले नजिर स्थापित गरिदिए । यस नजिरले भोलि बन्ने सरकारलाई थप निरङ्कुश बन्न मद्दत पुग्नेछ । अनि नेपालको राजनीति पनि पाकिस्तानको जस्तो हुने छ । एउटा सरकारमा आउने बित्तिकै अघिल्लो सरकार जेल जानु पर्ने छ । आफैंले नियुक्ति दिएका प्रहरी अधिकृतले हथकडी लगाएर जेल हालेको दृष्य नेपालीहरूले पनि देख्ने दिन आउन सक्छ ।

एउटा नेता इमानदार भयो भने कति शक्तिशाली हुँदो रहेछ भनेर पनि रविले देखाइदिए । रविलाई जेल हालेर पनि भ्रष्टहरू निदाउन सकेका छैनन् । रवि जेल बाहिर भयो भने आफू जेलमा पुग्नुपर्छ भन्ने कुरामा अहिले सरकारमा भएका धेरैजना प्रष्ट छन्, त्यही भएर उनलाई जेलबाट बाहिर आउन नदिन अनेक तानाबाना बुन्दैछन् । तर परिणाममा के भइरहेको छ भने कुर्सीमा बसेरै कतिजना लिलिपुटका लघु(मानव भएका छन् भने रवि जेलभित्रै आफ्नो कद बढाइरहेका छन् ।

हिजाका दिनसम्म रविलाई कम महत्व दिनेहरू पनि सरकारले रविलाई दिएको अनावश्यक नसियतका कारण उनका शुभचिन्तक बनेका छन् । जनस्तरमा त रवि लोकप्रिय थिए नै , र यो सङ्ख्या झन् बढ्दो क्रममा छ । रविलाई सिध्याउन जेल हालेको सरकारको जेलभित्रै रविको क्रेज बढेको देखेर निद हराम भएको छ । वास्तवमा अहिले सरकारका लागि रवि भालुको कान भएका छन् । विना आधार उनलाई जेलभित्र कहिलेसम्म राख्ने रु छोडौं– खाइहाल्छ ।

सम्बन्धित समाचार