

अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य घटेको छ । त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । मंगलबारको तुलनामा आज एक तोला सुनको मूल्य रु एक हजार छ सयले घटेको हो ।
यता चाँदीको मूल्य पनि रु ७५ ले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु एक लाख ९३ हजार ५०० कायम भएको छ । मंगलबार सुनको मूल्य तोलामा एक लाख ९५ हजार १०० रुपैयाँ कायम भएको थियो ।
आज चाँदी भने प्रतितोला रु दुई हजार २२५ मा कारोबार भइरहेको छ । मंगलबार चाँदीको मूल्य दुई हजार ३०० मा कारोबार भएको महासंघले जनाएको छ ।

