प्रचण्डद्वारा नख्खु कारागार पुगेर रवि लामिछानेसँग भेट

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बुधबार नख्खु कारागार पुगेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसँग भेट गर्नुभएको छ ।

उहाँले लामिछानेसँग भेटगरी कारागारको बसाइका बारेमा जानकारी लिनुका साथै बसाइमा भएको असहजता र सहजताका विषयमासमेत चासो राख्नुभएको दाहालको सचिवालय सदस्य दिपक भण्डारीले जानकारी दिनुभयो ।

थुनामा रहनुभएका पूर्वगृहमन्त्री लामिछानेले भैरहवा कारागारकोभन्दा नख्खुमा धेरै राम्रो सेवासुविधा भएको भन्दै कारागार प्रशासनको प्रशंसा गर्नुभएको दाहालको सचिवालय सदस्य भण्डारीले बताउनुभयो ।

सम्बन्धित समाचार