

अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य सामान्य घटेको छ । त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । आइतबारको तुलनामा आज एक तोला सुनको मूल्य रु तीन सयले घटेको हो ।
यता चाँदीको मूल्य भने रु ५ ले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु एक लाख ९७ हजार २०० कायम भएको छ । आइतबार सुनको मूल्य तोलामा एक लाख ९७ हजार ५०० रुपैयाँ कायम भएको थियो ।
आज चाँदी भने प्रतितोला रु दुई हजार ३५५ मा कारोबार भइरहेको छ । आइतबार चाँदीको मूल्य दुई हजार ३५० मा कारोबार भएको महासंघले जनाएको छ ।

