सुनको मूल्यमा फेरि नयाँ ऐतिहासिक रेकर्ड, आज कति पुग्यो तोलाको ?

सुनको मूल्यमा फेरि नयाँ रेकर्ड कायम भएको छ । स्थानीय बजारमा आइतबारको तुलनामा आज सुनचाँदीको मूल्य तोलामा रु एक हजार ७०० वृद्धि भएको छ भने त्यति नै परिमाणको चाँदी रु ४५ ले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु दुई लाख पाँच हजार ३०० निर्धारण भएको छ । त्यति नै परिमाणको चाँदी रु दुई हजार ४७० मा खरिदबिक्री भइरहेको छ ।

आइतबार एक तोला सुन रु दुई लाख तीन हजार ६०० मा किनबेच भएको थियो भने त्यति नै परिमाणको चाँदी रु दुई हजार ३६० मा किनबेच भएको थियो । अन्तर्राष्ट्रिय बजारमा आज सुनको मूल्य प्रतिऔस अमेरिकी डलर तीन हजार चार सय ८० हाराहारीमा कारोबार भइरहेको छ ।

सम्बन्धित समाचार