नवकान्तिपुर संवाददाता
काठमाडौं, १६ भदौ ।


काठमाडौंको कमलपोखरीस्थित अग्रवाल सेवा केन्द्रमा द्वारिकाधीश अवतार रामदेबेराको भगवान श्री रामदेवजीको भजनोत्सव कार्यक्रम आयोजना हुने भएको छ।
भाद्र महिनाको दशमी तिथि (भाद्र १७ गते) को अवसर पारेर बाबा रामदेव भक्त मण्डल, काठमाडौंले आयोजना गर्न लागेको यो कार्यक्रम मङ्गलबार दिउँसो ३ बजेबाट सुरु हुनेछ।
भजनोत्सवमा मास्टर नानू गोपाली (बिकानेर) र महेन्द्र स्वामी (जयपुर)ले आफ्ना सुमधुर भजनहरू प्रस्तुत गर्नेछन्। यस कार्यक्रममा धार्मिक आस्था राख्ने भक्तजनहरूको उल्लेख्य सहभागिता रहने अपेक्षा गरिएको छ।
आयोजकका अनुसार यो कार्यक्रम विशेष गरी भादवा दशमीको अवसरमा भगवान रामदेवजीको महिमा र सन्देश फैलाउनका लागि गरिएको हो।
