सूचीकृत नभएका २६ वटा सामाजिक सञ्जाल निष्क्रिय बनाउन प्राधिकरणको निर्देशन

नेपाल दूरसञ्चार प्राधिकरणले नेपालमा सूचीकरण नभएका विभिन्न २६ वटा सामाजिक सञ्जाललाई नेपालमा निष्क्रिय गराउन मोबाइल तथा इन्टरनेट सेवा प्रदायक संस्थालाई निर्देशन दिएको छ ।

प्राधिकरणले बिहीबार सबै सेवा प्रदायकलाई परिपत्र गर्दै सो निर्देशन दिएको हो । प्राधिरकणले फेसबुक, फेसबुक म्यासेन्जर, इन्स्टाग्राम, युट्युव, ह्वाटएप, टिव्टर (एक्स), लिङ्क्डिन, स्यापच्याट, वीच्याटलगायत विभिन्न सामाजिक सञ्जाललाई नेपालमा निष्किृय बनाउन निर्देशन दिएको हो ।

प्राधिकरणको निर्देशनसँगै सरकारी स्वामित्वको नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम) र निजी क्षेत्रको मोबाइल सेवा प्रदायक एनसेलले सूचीकृत नभएको सामाजिक सञ्जाल बन्द गरिएको स्पष्ट पारेका छन् ।



सम्बन्धित समाचार