सुनको मूल्यमा पुन: नयाँ कीर्तिमान, आज कति पुग्यो तोलाको ?

सुनको मूल्यले आज(शुक्रबार) पुन: नयाँ कीर्तिमान बनाएको छ । बिहीबारको तुलनामा सोमबार सुनको मूल्य रु दुई हजार ५०० ले बढेको हो ।

यता चाँदीको मूल्य पनि रु १० ले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य दुई लाख दश हजार ४०० रुपैयाँ पुगेको छ । बिहीबार सुनको मूल्य तोलामा २ लाख सात हजार ९०० रुपैयाँ कायम भएको थियो ।

यस्तै चाँदीको मूल्य प्रति तोला दुई हजार ४९० रुपैयाँ पुगेको छ । बिहीबार चाँदीको मूल्य २ हजार ४८० रुपैयाँ थियो । अन्तर्राष्ट्रिय बजारमा आज सुनको मूल्य प्रतिऔस अमेरिकी डलर तीन हजार चार सय ८० हाराहारीमा कारोबार भइरहेको छ ।

सम्बन्धित समाचार