सुनको मूल्यमा पुन: नयाँ कीर्तिमान, आज कति पुग्यो तोलाको ?

अन्तरराष्ट्रिय बजारमा सुनको मूल्यमा पुन: नयाँ कीर्तिमान बनाएको छ । अन्तराष्ट्रिय बजारमा सुनको मूल्य वृद्धि भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको हो ।

सोमबार प्रतितोला रु दुई लाख ११ हजार ६०० मा कारोबार भएको सुनको मोल आज रु तीन हजार १०० ले बढेर रु दुई लाख १४ हजार ७०० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यसअघि सोमबार छापावाल सुनको मूल्य तोलामा २ लाख ११ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

यता चाँदीको मूल्य पनि तोलामा रु ४० ले बढेको छ । आज एक तोला चाँदी रु दुई हजार ५१५ मा किनबेच भइरहेको छ । सोमबार एक तोला चाँदी रु दुई हजार ४७५ मा खरिदबिक्री भएको थियो ।

सम्बन्धित समाचार