नवकान्तिपुर संवाददाता
काठमाडौं, २७ भदौ ।


अन्तरराष्ट्रिय बजारमा सुनको मूल्यले पुन: नयाँ कीर्तिमान बनाएको छ । अन्तराष्ट्रिय बजारमा सुनको मूल्य वृद्धि भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको हो ।
बिहीबार प्रतितोला रु दुई लाख १४ हजार २०० मा कारोबार भएको सुनको मोल आज रु एक हजार ६०० ले बढेर रु दुई लाख १५ हजार ८०० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
यता चाँदीको मूल्य पनि तोलामा रु ६० ले बढेको छ । आज एक तोला चाँदी रु दुई हजार ५६५ मा किनबेच भइरहेको छ । बिहीबार चाँदी तोलामा दुई हजार ५०५ रुपैयाँ कायम भएको थियो ।
अन्तराष्ट्रिय बजारमा आज सुन प्रतिऔंस ३६ सय ५६ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

