नवकान्तिपुर संवाददाता
काठमाडौं, ३१ भदौ ।


अन्तरराष्ट्रिय बजारमा सुनको मूल्यले पुन: नयाँ कीर्तिमान बनाएको छ । अन्तराष्ट्रिय बजारमा सुनको मूल्य वृद्धि भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको हो ।
सोमबार प्रतितोला रु दुई लाख १५ हजार २०० मा कारोबार भएको सुनको मोल आज रु एक हजार ९०० ले बढेर रु दुई लाख १७ हजार १०० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
यता चाँदीको मूल्य पनि तोलामा रु २५ ले बढेको छ । आज एक तोला चाँदी रु दुई हजार ५९५ मा किनबेच भइरहेको छ । सोमबार चाँदी तोलामा दुई हजार ५७५ रुपैयाँ कायम भएको थियो ।

