सुनको मूल्य बढ्यो, आज कति पुग्यो तोलाको ?

अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य सामान्य घटेको छ । त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । बिहीबारको तुलनामा आज एक तोला सुनको मूल्य रु आठ सयले बढेको हो ।

यता चाँदीको मूल्य पनि रु ६० ले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु दुई लाख १६ हजार कायम भएको छ । बिहीबार सुनको मूल्य तोलामा दुई लाख १५ हजार २०० रुपैयाँ कायम भएको थियो ।

आज चाँदी भने प्रतितोला रु दुई हजार ५८० मा कारोबार भइरहेको छ । बिहीबार चाँदीको मूल्य दुई हजार ५२o मा कारोबार भएको महासंघले जनाएको छ ।

सम्बन्धित समाचार