सुनको मूल्य घट्यो, आज कति पुग्यो तोलाको ?

अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य घटेको छ । त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । बुधबारको तुलनामा आज एक तोला सुनको मूल्य रु एक हजार सात सयले घटेको हो ।

यता चाँदीको मूल्य पनि रु १५ ले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु दुई लाख २१ हजार ३०० कायम भएको छ । बुधबार सुनको मूल्य तोलामा दुई लाख २३ हजार रुपैयाँ कायम भएको थियो ।

आज चाँदी भने प्रतितोला रु दुई हजार ६८५ मा कारोबार भइरहेको छ । बुधबार चाँदीको मूल्य दुई हजार ७०० मा कारोबार भएको महासंघले जनाएको छ ।

सम्बन्धित समाचार