सुनको मूल्य बढ्यो, आज कति पुग्यो तोलाको ?

अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य सामान्य बढेको छ । त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । बिहीबारको तुलनामा आज एक तोला सुनको मूल्य रु एक हजार दुई सयले बढेको हो ।

यता चाँदीको मूल्य पनि रु ५५ ले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु दुई लाख २२ हजार ५०० कायम भएको छ । बिहीबार सुनको मूल्य तोलामा दुई लाख २१ हजार ३०० रुपैयाँ कायम भएको थियो ।

आज चाँदी भने प्रतितोला रु दुई हजार ७४० मा कारोबार भइरहेको छ । बिहीबार चाँदीको मूल्य दुई हजार ६८५ मा कारोबार भएको महासंघले जनाएको छ ।

सम्बन्धित समाचार