मृत अवस्थामा छ जना फेला

देशका विभिन्न स्थानबाट मृत अवस्थामा छ जना फेला परेका छन् । ललितपुरको ललितपुर महानगरपालिका-२४ धापाखेल बस्ने २८ वर्षीय अविज्ञमान श्रेष्ठ आफ्नै घरमा बुधधबार मृत अवस्थामा फेला परेका छन् ।

त्यस्तै नवलपरासी पूर्वको मध्यबिन्दु नगरपालिका-५ राजडाँडा बस्ने ४२ वर्षीया दोहन्ती खड्का आफ्नै घरमा बुधबार मृत अवस्थामा फेला परेकी छिन् । यस्तै कास्कीको रूपा गाउँपालिका-१ शिसौघारीस्थित मादी खोलामा हाल नाम, थर र वतन नखुलेका अन्दाजी २५ वर्षीय पुरूष बुधबार मृत अवस्थामा फेला परेका छन् ।

उता सप्तरीको डाक्नेश्वरी नगरपालिका-५ पातो बस्ने भगवती यादवकी छोरी २ वर्षीया श्रृष्टी कुमारी यादव सोही ठाउँस्थित खेतमा बुधबार मृत अवस्थामा फेला परेकी छिन् । यस्तै झापाको दमक नगरपालिका-६ पूर्व बसपार्कस्थित चौतारामा हाल नाम, थर र वतन नखुलेका अन्दाजी ६५ वर्षीय पुरूष बुधबार मृत अवस्थामा फेला परेका छन् ।

यता भक्तपुरको सूर्यविनायक नगरपालिका-५ घलाते बस्ने ४० वर्षीया कल्पना श्रेष्ठ आफ्नै टहरोमा बुधबार मृत अवस्थामा फेला परेकी छिन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार