२२ र ४४ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा दुई जना पक्राउ

२२ र ४४ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा दुई जना पक्राउ परेका छन् । २२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा इलाम नगरपालिका-९ धजेडाँडा बस्ने ५२ वर्षीय टेकनाथ कार्कीलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

टेकनाथले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय इलामबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । त्यस्तै, ४४ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा प्युठानको मल्लरानी गाउँपालिका-२ कौछे बस्ने ५५ वर्षीय खुमनाथ शर्मालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

खुमनाथले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय प्युठान समेतबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार