नवकान्तिपुर संवाददाता
काठमाडौं, ११ कार्तिक ।


सङ्खुवासभाको किमाथांका केन्द्रबिन्दु भएर आज बिहान भूकम्पको गएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ७ बजेर ३२ मिनेटमा तिब्बत सीमावर्ती क्षेत्र किमाथांका(सङ्खुवासभा) आसपास केन्द्रबिन्दु भई चार दशमलव ३ म्याग्निच्यूडको भूकम्प गएको हो ।
भूकम्पको धक्का आसपासका जिल्लामा समेत महसुस गरिएको थियो ।

