सामसङले नेपालमा गर्यो नयाँ प्रविधिसहितको Galaxy M17 5G मोबाइल लन्च

मोबाइल निर्माता कम्पनी सामसङले नेपालमा Galaxy सिरिजको नयाँ मोबाइल Galaxy M17 5G सार्वजनिक गरेको छ ।

यो मोबाइल प्रिमियम डिजाइन, मजबुत टिकाउपन र अत्याधुनिक AI फिचरसहित आएको कम्पनीको दाबी रहेको छ । यस स्मार्टफोनले पहिलोपटक Optical Image Stabilization (OIS) अर्थात् No Shake Camera प्रविधि ल्याएको जनाइएको छ । यस प्रविधिले अब जहाँ भए पनि स्थिर र स्पष्ट फोटो तथा भिडियो कैद गर्न सकिने छ ।



No Shake Camera सहितका नवीन सुविधाहरूले सिर्जनशील र गतिशील युवाहरूलाई अझ स्मार्ट, सहज र रमाइलो बनाउने सामसङ इलेक्ट्रोनिक्स नेपालका एमएक्स व्यवसाय निर्देशक प्रणयरत्न स्थापितको दाबी छ ।

Galaxy AI सञ्चालित Galaxy M17 5G मा Circle to Search with Google र Real-time AI Assist जस्ता फिचरहरू समावेश भएकोले अन्वेषण गर्न, मल्टिटास्किङमा र संवादलाई झन सहज बनाउने दाबी गरिएको छ ।

मुख्य विशेषताहरू:

  • 6.7″ FHD+ Super AMOLED डिस्प्ले
  • Corning Gorilla Glass Victus द्वारा सुरक्षित
  • IP54 रेटिङ सहित धूलो र पानीबाट सुरक्षा

सम्बन्धित समाचार