सुनको मूल्य घट्यो, आज कति पुग्यो तोलाको ?

मङ्गलबारको तुलनामा आज सुनको मूल्य केही घटेको छ भने चाँदीको बढेको छ । आज सुनको मूल्य दुई हजार १०० ले घट्दा चाँदीको मूल्य भने रु ५ ले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु दुई लाख ४४ हजार ३०० कायम भएको छ भने त्यति नै परिमाणको चाँदी रु तीन हजार १७५ मा कारोबार भइरहेको छ ।

मङ्गलबार एक तोला सुन रु दुई लाख ४६ हजार ४०० र चाँदी रु तीन हजार १७० मा खरिदबिक्री भएको थियो ।

सम्बन्धित समाचार