नवकान्तिपुर संवाददाता
काठमाडौं, २६ कात्तिक ।


नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । बुधबार नेप्से परिसूचक २० दशमलव ५६ अङ्कले घटेर दुई हजार ५४४ दशमलव ५९ को विन्दुमा कायम भएको छ ।
बुधबार ३२१ कम्पनीका ८४ लाख चार हजार ६१६ कित्ता शेयर ६६ हजार ८२४ पटक खरिदबिक्री हुँदा रु तीन अर्ब ८४ करोड ८५ लाख ८६ हजार ४११ दशमलव ६७ को कारोबार भएको छ ।
बुधबारको कारोबारमा उत्पादन तथा प्रशोधन समूहबाहेक अरु सबै समूहको उपसूचक घटेका छन् । कारोबार रकमका आधारमा बुधबार सबैभन्दा बढी एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको रु ४० करोड ३४ लाख तीन हजार ५४२ दशमलव ६० बराबरको र शेयर सङ्ख्याका आधारमा सबैभन्दा बढी राधी विद्युत् कम्पनीको दुई लाख ९४ हजार ७९६ कित्ता शेयर किनबेच भएको छ ।
