नवकान्तिपुर संवाददाता
काठमाडौं, २८ कात्तिक ।


बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्य केही घटेको छ । आज सुनको मूल्य पाँच सयले घट्दा चाँदीको मूल्य भने रु ६० ले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु दुई लाख ४९ हजार ७०० कायम भएको छ भने त्यति नै परिमाणको चाँदी रु तीन हजार २८५ मा कारोबार भइरहेको छ ।
बिहीबार एक तोला सुन रु दुई लाख ५० हजार २०० र चाँदी रु तीन हजार ३४५ मा खरिदबिक्री भएको थियो ।

