नवकान्तिपुर संवाददाता
काठमाडौं, २९ कात्तिक ।


देशका विभिन्न स्थानबाटजबरजस्ती करणी गरेको अभियोगमा दुई जना पक्राउ परेका छन् । ६० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा उदयपुरको कटारी नगरपालिका-७ रिस्कु बस्ने ५५ वर्षीय एन सिंह राईलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
राईले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । त्यस्तै २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा झापाको झापा गाउँपालिका-६ बस्ने ४२ वर्षीय राजु कटुवाललाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
कटुवालले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
