दुर्गा प्रसाईं मध्यरातमा पक्राउ परेपछि…

राष्ट्र, राष्ट्रियता, धर्म-संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं सोमबार मध्यरातमा भक्तपुरको ठिमीस्थित निवासबाटै पक्राउ  परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौँ र अनुसन्धान कार्यालयको संयुक्त टोलीले उनलाई पक्राउ गरेको थियो ।

आगामी मंसिर ७ गतेदेखि देशव्यापी आन्दोलन गर्ने र यातायातसहित सबै क्षेत्र ठप्प पार्ने दाबी दिइरहेका प्रसाईंलाई जिल्ला प्रहरी परिसर काठमाडौंको भद्रकालीस्थित कार्यालयमा राखिएको छ ।

उनीविरुद्ध शान्ति सुरक्षामा खलल पुर्‍याउन खोजेको आरोप लगाइएको छ ।  प्रसाईंले सोमबार मात्रै काठमाडौंमा पत्रकार सम्मेलन गरेर आफ्नो आन्दोलन नरोकिने घोषणासहित मेची-महाकाली सबैतिर ठप्प पार्ने घोषणा गरेका थिए । प्रसाईंले गणतन्त्र, संघीयता र धर्मनिरपेक्षताको विरोध गर्दै डेढ लाख बढी मानिस काठमाडौंमा उतार्ने बताएका थिए ।

सम्बन्धित समाचार