कोशी प्रदेशको योजना आयोगको उपाध्यक्षमा निरौला नियुक्त

कोशी प्रदेश सरकारको योजना आयोगको उपाध्यक्षमा विराटनगरका तारानाथ निरौला नियुक्त हुनुभएको छ । आज बसेको प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले उहाँलाई उपाध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।

यसअघिका उपाध्यक्ष डा राजेन्द्र अधिकारीले गत कात्तिक २० गतेदेखि लागू हुनेगरी दिनुभएको राजीनामा स्वीकृत गर्दै आज बसेको बैठकले निरौलालाई नियुक्त गर्ने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले जानकारी दिनुभयो ।

नवनियुक्त उपाध्यक्ष निरौला बैंकिङ क्षेत्र तथा स्थानीय तहको अनुभवी व्यक्तिका रूपमा चिनिनुहुन्छ ।

सम्बन्धित समाचार