सुनको मूल्य घट्यो, आज कति पुग्यो तोलाको ?

अन्तरराष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा आएको उतारचढावको असर स्थानीय बजारमा पनि परेको छ । आइतबारको तुलनामा आज दुवै धातुको मूल्यमा गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबारको तुलनामा आज सुनको मूल्यको मूल्यमा रु एक हजार ९०० ले गिरावट आएको छ । आज एक तोला सुनको मोल रु दुई लाख ४२ हजार ७०० निर्धारण भएको छ । आइतबार एक तोला सुन रु दुई लाख ४४ हजार ६०० मा किनबेच भएको थियो ।

त्यसैगरी, चाँदीको मूल्य पनि रु २० ले घटेको छ । आज चाँदी प्रतितोला रु तीन हजार ११५ मा कारोबार भइरहेको छ । आइतबार त्यति नै परिमाणको चाँदी रु तीन हजार १३५ मा खरिदबिक्री भएको थियो ।

सम्बन्धित समाचार