सुनको मूल्य बढ्यो, आज कति पुग्यो तोलाको ?

अन्तरराष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा आएको उतारचढावको असर स्थानीय बजारमा पनि परेको छ । सोमबारको तुलनामा आज दुवै धातुको मूल्यमा वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबारको तुलनामा आज सुनको मूल्यको मूल्यमा रु पाँच हजार २०० ले वृद्धि भएको छ । आज एक तोला सुनको मोल रु दुई लाख ४७ हजार ९०० निर्धारण भएको छ । सोमबार एक तोला सुन रु दुई लाख ४२ हजार ७०० मा किनबेच भएको थियो ।

त्यसैगरी, चाँदीको मूल्य पनि रु ८५ ले बढेको छ । आज चाँदी प्रतितोला रु तीन हजार २०० मा कारोबार भइरहेको छ । सोमबार त्यति नै परिमाणको चाँदी रु तीन हजार ११५ मा खरिदबिक्री भएको थियो ।

सम्बन्धित समाचार