प्रधानसेनापतिद्वारा उपरथीमा बढुवा भएका कृष्णप्रसाद भण्डारीलाई दर्ज्यानी चिह्न प्रदान

नेपाली सेनाको उपरथी दर्जामा बढुवा हुनुभएका कृष्णप्रसाद भण्डारीलाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ ।

मन्त्रिपरिषद्को यही मङ्सिर ५ गतेको निर्णयअनुसार उपरथीमा विशेष बढुवा पाउनुभएका सहायक रथी कृष्णप्रसाद भण्डारीलाई प्रधान सेनापति अशोकराज सिग्देलले आज जङ्गी अड्डामा आयोजित एक कार्यक्रममा उपरथी दर्जाको दर्ज्यानी चिह्न प्रदान गर्नुभएको हो ।

सोही कार्यक्रममा प्रधान सेनापतिले सहायक रथी र महासेनानीमा पदोन्नति हुनुभएका महासेनानी तथा प्राविधिक प्रमुख सेनानीलाई पनि दर्ज्यानी चिह्न प्रदान गर्नुभएको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

सम्बन्धित समाचार