नवकान्तिपुर संवाददाता
काठमाडौं, २३ मंसिर ।


प्रधानमन्त्री सुशीला कार्कीसँग भारतको विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावरले शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।
सिंहदरबारमा आज भएको भेटवार्तामा उहाँहरुबीच द्विपक्षीय आपसी हितका विविध विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
अतिरिक्त सचिव मुनु नेपाल भ्रमणको सिलसिलामा आइतबार काठमाडौं आउनुभएको हो ।मंगलबार नै उहाँले गृहमन्त्री ओमप्रकाश अर्याललाई भेटेर आउँदो प्रतिनिधिसभा निर्वाचनमा सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको थियो ।

