उदयपुरमा मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु

उदयपुरको चौदण्डी नगरपालिका–४ बसाहामा मङ्गलबार साँझ दुईवटा मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार चौदण्डी नगरपालिकाको बसाहा थुलुङ डाँडाका ५८ वर्षीय भक्तराज राईको मृत्यु भएको हो ।

गम्भीर घाइते भएका निजको अस्पताल लैजाने क्रममा बाटोमा मृत्यु भएको हो ।

सम्बन्धित समाचार