नवकान्तिपुर संवाददाता
काठमाडौं, २६ मंसिर ।


प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तारको तयारी गर्नुभएको छ । प्रधानमन्त्री कार्कीले आज चौथों पटक मन्त्रिपरिषद् विस्तार गर्न लाग्नुभएको हो ।
प्रधानमन्त्री कार्कीले कुमार इङनाम, माधव चौलागाईं, राजेन्द्रसिंह भण्डारी र श्रद्धा श्रेष्ठलाई मन्त्रीको लागि सिफारिस गर्नुभएको छ ।
इङ्नामलाई भूमि व्यवस्था, चौलागाईंलाई वन तथा वातावरण, भण्डारीलाई श्रम मन्त्राल र श्रद्धालाई महिला तथा बालबालिका मन्त्रालयको जिम्मेवारी दिइने छ ।
नवनियुक्त मन्त्रीहरुको शपथका लागि आज दिउँसो तीन बजेको समय निर्धारण गरिएको छ ।
