नवकान्तिपुर संवाददाता
काठमाडौं, ३ पुस ।


नेपाल कम्युनिष्ट पार्टी (एमाले) महासचिवमा शङ्कर पोखरेल विजयी हुनुभएको छ । महासचिवमा शङ्कर पोखरेल एक हजार २२८ मतका साथ विजयी हुनुभएको हो ।
उहाँको प्रतिस्पर्धी सुरेन्द्रप्रसाद पाण्डेले ९९९ मत प्राप्त गर्नुभएको छ । त्यसैगरी अध्यक्षमा केपी शर्मा ओली आफ्ना प्रतिद्वन्द्वी ईश्वर पोखरेललाई भारी मतले पराजित गर्नुभएको छ ।
केन्द्रीय निर्वाचन आयोगका अनुसार नेता ओलीले एक हजार ६६३ मत प्राप्त गर्दा पोखरेलले पाँच सय ६४ मत प्राप्त गर्नुभएको हो ।
