नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछ : नेता रावल

नेपाली कम्युनिष्ट पार्टीका नेता डा भीम रावलले जनताका अधिकारलाई बलियो बनाउने लक्ष्यसहित जनताका माझमा आएको बताएका छन् । बैतडीको गोठालापानीमा बिहीबार जिल्लास्तरीय पार्टी एकता सन्देशसभालाई सम्बोधन गर्दै नेता रावलले यस्तो बताएका हुन् ।

“देशमा सुशासन, राजनीतिक स्थायित्व र विकासको बाटोमा अघि बढाएर जनताको अधिकार बलियो बनाउन नेपाली कम्युनिष्ट पार्टी जनताका माझमा आएको छ”, नेता रावलले भन्नुभयो, “संविधानमा भएका कमजोरीलाई सुधार गरेर सुशासन कायम गर्न र भ्रष्टाचारीलाई कारबाहीको दायरामा ल्याउन हामी तयार छौँ ।”

जेनजी आन्दोलनका क्रममा तत्कालीन सरकारको कमजोरीका कारण देश खरानीमा परिणत भएको उहाँको आरोप छ । देशको स्वाधीनताको रक्षा गर्न ओली नेतृत्वको सरकार कमजोर भएको रावलले बताउनुभयो ।

सम्बन्धित समाचार