नवकान्तिपुर संवाददाता
काठमाडौं, ८ पुस ।


राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि चीनका राजदूत छन सोङले राष्ट्रपति भवनमा बिदाइ भेट गर्नुभएको छ ।
त्यस अवसरमा उहाँहरूबीच नेपाल–चीन सम्बन्धका साथै आपसी हित र चासोका विषयमा छलफल भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
राष्ट्रपतिले आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्न गर्नुभएकामा राजदूत छनप्रति धन्यवाद ज्ञापन गर्नुभयो ।
